नेपालमा बनेको प्रोजेक्ट जिरो (पी-०) मोटरसाइकलको इन्टरनेट भरी प्रतिक्रिया

अन्तत निकै चर्चामा आएको “नेपालमा बनेको” इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक भएको छ।

यात्री मोटरसाइकलको सम्पूर्ण अवधारणा र समाचारहरू एक बर्ष भन्दा बढी समयदेखि नेपालमा चर्को विषय बनेको छ। अब, अन्ततः दुई इलेक्ट्रिक मोटरसाइकलहरू ‘प्रोजेक्ट जिरो ‘ र ‘प्रोजेक्ट वान’ को घोषणा गरीएको छ, इन्टरनेट प्रयोगकर्ताहरुले यस विषयलाई लिएर प्रतिक्रिया देखाएका छन्।

यदी तपाइँ अहिले सम्म पनि अनविज्ञ हुनुहुन्छ भने, ‘प्रोजेक्ट जिरो ‘ र ‘प्रोजेक्ट वान’ दुइ वटा इलेक्ट्रिक मोटरसाइकल हुन् जुन नेपाली स्टार्ट-अप कम्पनी यात्री मोटरसाइकलले बजारमा क्रमश रु. १९,४९,००० र रु. ४,९५,००० मा ल्याएको छ।

धेरै जसो व्यक्तीहरुले नेपालमै मोटरसाइकल बन्ने भएकाले किफायती मुल्यमा उपलब्ध हुने सोचेका भएतापनि सत्यता अन्तै मोडिएको छ । प्रोजेक्ट जिरोले प्राय: मानिसलाई चकित तुल्याएको छ। मानिसहरुको प्रतिक्रिया हेर्न लायक आएको छ।

अब हेरौ मानिसहरुले के भने त यात्रीका यी दुइ मोडलका बारेमा :

यी मोटरसाइकलाका बारेमा इन्टरनेटमा मिश्रित प्रतिक्रिया पाइएको छ। यस बाट के अन्दाज लगाउन सकिन्छ भने प्रोजेक्ट जिरो नेपालको आम बाइक प्रयोगकर्ताका लागी होइन रहेछ। यद्यपि नेपालमा यस प्रकारको नबिनता ल्याउने एक ठुलै कार्य हो र हामी यस ब्राण्डलाइ समर्थन गर्न प्रोत्साहन गर्दछौं। हामीले भुल्न नहुने कुरा के पनि रहन्छ भने सानो टिमले नेपालमा सिमित स्रोत साधनमा उच्च स्तरको बाइक तयार पार्नु कुनै चुनौती भन्दा कम होइन। हामी आशा गरौँ, नेपाली जनता र सरकारको साथ र सहयोगले भविष्यमा यस कम्पनीले आम बाइक प्रयोगकर्ताले उपभोग गर्न सक्ने मुल्यमा बाइक निर्माण गर्नेछ।

हामी तपाइको प्रतिक्रिया यस विषयमा जान्न चाहन्छौं। त्यसैले तल कमेन्ट गरिदिनुहोला।

Facebook Comments
Spread the love