यात्री मोटरसाइकलको किफायती मोडल : प्रोजेक्ट वान
यात्री मोटरसाइकलको प्रोजेक्ट वान सस्तो मूल्य ट्यागको साथ अत्यधिक प्रत्याशित मोडल – प्रोजेक्ट शून्य संगै नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ।
४ इन्जिनियर सहित ७ जना नेपाली युवाको समान योगदानमा सुरु भएको नेपालकै स्टार्ट-अप यात्री मोटरसाइकलले आफ्नो दोश्रो मोडल सार्वजनिक गरेको छ । एक भर्चुअल कार्यक्रमका साथ कम्पनीले आफ्ना दुईवटा मोडल – “प्रोजेक्ट वान” र “प्रोजेक्ट जिरो” को स्पेक र मूल्य सार्वजनिक गरेको छ । निसन्देह, यी मोडलहरु आशावादी देखिन्छन र नेपालमा इनोभेसन तर्फ विश्वासको दियो बाल्नेछन ।
यो स्टार्ट-अप दुईपहिया र चारपहियामा निरन्तर लगावपछी उत्कृष्ट डिजाइन टिमका साथ नेपालमा एउटा अपवादात्मक उत्पादन निर्माण गर्ने सपनापछि कार्यान्वयनमा आएको यात्री मोटरसाइकलका संस्थापक अशिम पाण्डे बताउछन् ।
यहाँ हामी यात्री मोटरसाइकलको दोस्रो उत्पादन, प्रोजेक्ट वान (पी -१) को विवरणमा केन्द्रित हुनेछौं।

स्पेसिफिकेसन
ब्याट्री | ३.० किलोवाट आवर |
ब्याट्री प्रकार | लिथियम – आयन |
पीक पावर | १४ किलोवाट (१९ एच पी ) |
पीक टर्क | ४८० एनएम (चक्कामा) |
रेन्ज | ११० किमी |
उच्च गती | १०० किमी प्रति घण्टा |
चार्जिंग समय | ६ घण्टा ( ३ किलोवाट आवर द्रुत चार्जरमा १ घण्टा) |
टायर | डुअल पर्पज ट्युबलेस टायर |
टायरको नाप | ११०/७० -१७ (अगाडी) / १२०/८०-१७ (पछाडी ) – डिस्क |
ट्युबलेस टायर | छ |
ब्रेकिंग प्रकार | स्ट्याण्डर्ड |
सस्पेन्सन | यु एस डी फर्क्स र मोनोशक |
सिटको उचाई | – |
ग्राउण्ड क्लिरेंस | २७० मि मि |
क्रबको तौल | ११० के जी |
रंग | सिल्भर |
डिजाइन

समग्रमा पी-१ फ्यूचरिस्टिक रुपमा तयार गरिएको छ जसको लुक अलि क्लासिक र बनावट सुरिलो छ। कम्पनीका अनुसार यो मोडल शहरी मोबिलिटीलाइ पुनर्जीवित गर्ने र एक हल्का र धेरै नै फुर्तिलो बडीका साथ उत्कृस्ट सस्पेन्सन र उपराइट एर्गोनोमिक्सका कारण नेपालको भू-भागमा दैनिक रुपमा प्रयोग गर्न मिल्ने सवारी हुनेछ । साधारण प्रोफाईल तर डर्ट बाइकको भाइब आउने यस मोडलले बजार तताउने विश्वास कम्पनी गर्दछ । यस मोडलको बडी पी – जिरो भन्दा हल्का देखिएको छ । सायद पी – जिरो भन्दा कम ब्याट्री पावर भएकाले ब्याट्रीको स्थान पनि खुम्च्याइएको छ ।
पी-१ एक रंग विकल्पमा उपलब्ध बनाइएको छ: सिल्भर
फिचरहरू र पावरट्रेन
पी-१ मा गोलो आकारको लेड हेडल्याम्प, डी आर एल एस , र रियर लेड टेल ल्याम्प सुविधाहरू छन्। पी-१ का अन्य सुविधाहरूमा एक डुअल स्पोर्ट्स इलेक्ट्रिक मोटरसाइकल, न्यूनतम स्टाइलिंग, स्थायित्व र राम्रो पर्फर्मेन्स लागि कार्बन फाइबरको शरीर, एलईडी बत्तीहरू, हल्का वजन र फुर्तिलो बनावट, अपराइट राइड मुद्रा, फ्रन्ट युएसडी र रियर मोनोशक सस्पेन्सन , डुअल- पर्पज टायरहरू, डुअल डिस्क ब्रेकिंगहरु लगायतका छन् ।
पी -१ मा ३.० किलो वाट आवर ब्याट्री प्याक हुनेछ जुन ६ घण्टा भित्र घरेलु सकेटमा चार्ज गर्न सकिन्छ र द्रुत चार्जिंग विकल्पले ब्याट्रीलाई एक घण्टामा चार्ज गर्छ। पी -१ को पीक पावर १४ किलोवाट (१९ एचपी) हुन्छ जबकि चक्कमा टर्क ४८० एनएम हुन्छ । पी -१ को दाबी गरिएको दायरा ११० किलोमिटर हो। मोटरसाइकलको ग्राउन्ड क्लीयरेंस २७० मिमी हो। मोटरसाइकलको कर्ब तौल ११० केजी रहेको छ।
नेपालमा प्रोजेक्ट वानको मूल्य
नेपालमा प्रोजेक्ट वानको मूल्य रु ४,९५,००० तय गरिएको छ । इच्छुक खरीदारले १०,००० रुपैयाँको प्रारम्भिक भुक्तानीको साथ मोटरसाइकलको बुकिंग गर्न सक्दछन।